Thursday, September 1, 2011

फोटोमा जिवजन्तु

फोटोमा जिवजन्तु


पूर्वी यूरोपको निलो आकाशमा स्वच्छन्दतापूर्वक उडिरहेको सेतो गरुड । फोटो : भासिली फेसोदेन्को /रोयटर्स

स्कटल्याण्डको पेर्थसायर वन्यजन्तु आरक्षमा गूँड बनाउन रुखको हाँगा ओसार्दै बौंडाई चराको पोथी । यो चरा दक्षिण अफ्रिकाबाट करिब चार हजार पाँच सय किमी बसाइ सरेर गूँड बनाउन यहाँ आइपुगेको हो । तस्विर- रसेल सेने / रोयटर्स

पूर्वी जर्मनीको क्लाइटोमा रहेको म्रिग निकुञ्जमा बँदेलको बच्चा आफ्नो माउसित । बच्चाका यस्ता टाटेपाटे धर्सा करिब चार महिनाबाट हराउँदै गएर फुस्रो र कालो कालो रङले ओगट्न थाल्छ । फोटो- पेट्रिक प्लियु / गेटी इमेजेज

ब्राजिलियन फ्री टेल्ड ब्याट्स भनिने चमेरा । यीनले किराहरु खाएर बालीनालीको क्षतीलाई कम गरिदिन्छन् । आकाशमा उडिरहेका चमेराले अहिले त्यहि खोजिरहेका हुन् ।फोटो -पोल क्रायन / युएसजियस

बम्बल बी भनिने माहुरी फूलको रस चुस्दै जर्मनीको एक पार्कमा । यीनीहरुको खुट्टामा रौं हुन्छ र त्यहि रौंका माध्यमले यीनले एक विरुवाबाट अर्कोमा परागसेचन गराउँछन् । फोटो-उवे आन्स्पाच / गेटि इमेजेज
मिसिसिपी नदीमाथि उफ्रिँदै माछो । फोटो- सेआन गार्डनर / रोयटर्स

श्रीलंकाको पेनाबेला हात्ती अनाथालयबाट निस्किएर नदीमा खेल्दै हात्ती । यो केन्द्रमा विश्वकै सबैभन्दा धेरै संख्यामा हात्तीहरुको प्रजनन् गराइन्छ । फोटो- विलियम वेस्ट / एएफपी

दक्षिणपूर्वी एशियाको एक अति ठूलो गोब्रेकिरा मध्येमा पर्छ यो । गैंडाको सिंङ जस्तो हुनाले यीनलाई राइनोसरस बीटल्स् भनिन्छ । सिंगापुरमा तस्विर लिइएको यो किराको लम्बाइ ४३ मिलिमिटर हुन्छ । यो जातिको गोब्रे किरामा भालेको मात्रै यस्तो सिङ हुन्छ । सिङ लडाइ गर्न र पोथीलाई आकर्षण गर्न प्रयोग गर्छन्। फोटो- तान सुङ सिन / रोयटर्स